काठमाडौं । समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । सम्पन्न जिल्ला अधिवेशनले भीम लामाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ । समितिको उपाध्यक्षद्व्यमा लक्ष्मी चौलागाईं, रुपचन्द्र महर्जन सचिवमा योगेन्द्र चौलागाईं सहसचिवद्वयमा गणेश विक, बद्री प्रसाद चौलागाईं कोषाध्यक्षमा सुजन पाख्रिन र सदस्यहरुमा डिगबहादुर श्रेष्ठ, स्यारोण घिसिङ लगायतका सर्वसम्मत निर्वाचित भएका छन् ।अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि समेत सर्वसम्मत चयन गरेको छ । सञ्चार तथा पत्रकारिता क्षेत्र एवं अन्य बिभिन्न बिषयमा केन्द्रीत रहेर अधिवेशनले १२ बुँदे प्रस्ताव समेत पारित गरेको छ । अधिवेशनको उदघाटन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव एवं तथा भौतिक पुर्वाधार एवं यातायात मन्त्री प्रकाश ज्वालाले गरेका थिए । मन्त्री ज्वालाले प्रेस संगठनमा आबद्ध पत्रकारले सर्वसधारण जनता र मुलुकको समस्यामा दरो रुपमा कलम चलाउँदै आएकोमा देश र जनताको पक्षमा जहिले पनि उभिनुपर्ने बताए । छोटो समयमा धेरै उपलब्धि हासिल गरेको प्रेस संगठनले आफ््नो संगठन निर्माण, सञ्चार तथा पत्रकारिताको चुनौति एवं समस्या, जनताका चाहना र आवश्यक्ताको बारेमा दरो रुपमा उभिदै आएको उनले बताए ।अधिवेशनमा समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारी, उपाध्यक्ष राजेन्द्र कुँवर, महासचिव भूपराज खडका, उपमहासचिव उर्मिला कुँवर, सचिव एवं महासंघका केन्द्रीय सदस्य सुभाष साह, कोषाध्यक्ष कृष्ण गौतम, प्रचार विभागका सदस्य कृतु भण्डारी, वरिष्ठ पत्रकार श्याम रिजाल, सविन शर्मा, प्रेम गौतम लगायतका बिशेष सहभागिता रहेको थियो ।