बुटवल - रूपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने उपमहानगर घोषणा भएको छ ।सोमबार बुटवलमा एक कार्यक्रमकाबीच उपमहानगर प्रमुख खेलराज पाण्डेले उपमहानगरलाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरेका हुन् ।उपमहानगरका १२ वर्ष माथिका सबै नागरिकले खोप पाएपछि खोप सुनिश्चितताको घोषणा गरिएको हो ।बुटवलमा रहेका एक लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथिका एक लाख ५७ हजार ३९३ जनालाई पूर्ण खोप लगाइएको प्रमुख पाण्डेले बताए ।