४ भदौं दाङ।लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिंदै छन् । नेपाली कांग्रेससंगको गठबन्धनबाट र आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।नेपाली कांग्रेसका २७ र नेकपा एमालेका २९ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । दुई ठूला राजनीतिक दल विचको समीकरणका आधारमा मुख्यमन्त्री आचार्य विश्वासको मतको परिणामप्रति ढुक्क छन् ।मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन भएका छन् । दल नेता चयन भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । विश्वासको मत माग्दै मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरु सँग पनि विश्वासको मत माग्नुभएको हो ।प्रदेशको समृद्धिको आकाङ्क्षालाई मुर्तरुप दिन सबै दलहरु एक ठाउँमा आउनुपर्ने बताउनुहुँदै उहाँले सबैले विश्वास मत दिनुपर्ने धारणा राख्नुभयो । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य कार्यभार सरकारको भएको बताउनुभयो ।