बुटवल - चार वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पुरुषलाई ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले पक्राउ गरेको छ। बालिका बलात्कारको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाललाई गए राति पक्राउ गरेको हो।भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।