
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना बुधबारदेखि सुरू हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने गरिन्छ ।बैदिक हिन्दु धर्मले भगवान विष्णुको उपासना गर्ने विशेष दिनको रुपमा एकादशीलाई लिएको छ । हरिशयनी एकादशीलाई तुलसी दिवसको रुपमा पनि लिइन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको विरुवालार्य हरिशयनी एकादशीमा सार्ने हिन्दु परम्परा नै हो । तुलसी विष्णु भगवानको प्रतिक पनि हो । यो अत्यन्तै स्वास्थ्यवर्दक जडिवुटी पनि आर्युवेदले मानेको छ । त्यसैले आफ्ना घर आँगनमा भएका तुलसीका मोठमा यसलाई आजै रोप्ने चलन चलिआएको हुनुपर्दछ ।वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने जस्ता कुरा पनि वैज्ञानिक रुपमा पुष्टि भएकाले तुलसी हामी सबैको निम्ति असल बनस्पति हो ।




























