काठमाडौं । यु–२० महिला भलिबल च्याम्पियनसिप तेश्रो स्थान हासिल गरेको नेपाली भलिवल टिम स्वदेश फकिएको छ ।माल्दिभ्सको मालेमा यु–२० महिला भलिबल च्याम्पियनसिप खेलेर नेपाली टोली बिहीबार मध्यान्ह स्वदेश फर्किएको हो । च्याम्पियनसिपको सेमिफाइनलमा नै रोकिएपछि तेश्रो स्थानका लागि नेपालले आयोजक माल्दिभ्ससँग खेल्ने मौका पाएको थियो जसमा नेपालले ३–० को सोझो सेटमा पराजित गर्दै तेश्रो स्थान हासिल गर्न सफल भएको थियो ।नेपाल फर्किएपछि यु–२० महिला टोलीका कप्तान जेनिशा विश्वकर्माले प्रतिष्पर्धी टोली बलियो भएको र पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेकाले पनि सोचेजस्तो खेल देखाउन नसकेको बताउनुभयो ।च्याम्पियनसिपबाट धेरै अनुभव प्राप्त भएको र आगामी दिनमा सुधार गरेर अघि बढ्ने उहाले बताउनुभयो ।नेपाली महिला भलिबलको इतिहासमा उमेर समूहको टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो ।