
काठमाडौं ।आइतबारदेखि मुलपानीका दुई मैदानमा आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको खेल सुरू हुँदैछ।खेलको पूर्वसन्ध्यामा हिजो छनोटको विजेताले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरियो।ट्रफीलाई नेपाली यू–१९ पुरुष क्रिकेट टोलीका कप्तान नरेन भट्टसहित युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरूले संयुक्त रूपमा सार्वजनिक गरेका थिए।
आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।
नेपालका कप्तान भट्टले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने बताए।
गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो ।
आज पहिलो खेल नेपाल र यूएई बिच हुनेछ ।नेपाली टोलीमा भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपिनप्रसाद शर्मा टोलीमा छन्।




























