काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् ।घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेल्न लागेको हो । यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् ।