
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको छ।आइतबार बिहान सम्पन्न खेलमा इङ्गल्याण्डले आक्रामक प्रदर्शन गर्दै फ्रान्समाथि प्रभावशाली जित दर्ता गरेको हो।इङ्गल्याण्डको जितका नायक जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साका बने। उनले खेलको ३७औँ, ४५औँ र ८७औँ मिनेट (पेनाल्टी) मा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे।इङ्गल्याण्डले खेलको तेस्रो मिनेटमै डिक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि १८औँ मिनेटमा राइसकै उत्कृष्ट असिस्टमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।खेलको अन्तिम चरणमा फ्रान्सले लगातार गोल फर्काउँदै इङ्गल्याण्डमाथि दबाब सिर्जना गरेको थियो। तर इन्जुरी समयको आठौँ मिनेट (९०+८) मा जुड बेलिङ्घमले निर्णायक गोल गर्दै इङ्गल्याण्डको ६–४ को शानदार जित सुनिश्चित गरे।यस जितसँगै इङ्गल्याण्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थान आफ्नो नाममा पार्न सफल भएको छ।




























