काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलहरु सकाएर नेपाली टोली बिहिबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । नेपाल छनोट प्रतियोगितामा तीन खेलमा तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । प्रतियोगितामा नेपालले तीन खेलमा १३ गोल खाँदै एक गोल फर्काएको थियो । पहिलो खेलमा जोर्डनसँग २–० गोल अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा कुवेतसँग ४–१ र अन्तिम खेलमा इन्डोनेसियासँग ७–१ गोलले पराजित भएको थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेतमा नै बसेका छन् । उनले केही समयको विदा मागेर कुवेत बसेका हुन् ।