
कुशल मल्लको कीर्तिमानी शतकमा नेपालले एसीसी प्रमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो अहिलेसम्मकै उच्च योगफल हो ।कीर्तिपुरस्थित टियु क्रिमेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनायो ।नेपालका लागि कुशल मल्लले ५९ बलमा ९ छक्का र ९ चौका हानेर शतक बनाए । सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय इनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए ।करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे । यस्तै भीम सार्कीले ३३ रन बनाए भने आरिफ शेखले २९ रनको योगदान दिए । कप्तान रोहित कुमार पौडेलले भने २३ रन बनाए ।ओमानका लागि आयान खानले २ तथा बिलाल खान,कलिमुल्लाह खान,जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।




























