बाइबलमा लेखिएको सूर्यले पृथ्वी घुम्छ नभनेर पृथ्वीले चार्हि सूर्यको चक्कर लाउछ भनेपछि क्रुद्ध पोपले वैज्ञानिक ब्रुनोलाई जस्तै जीवितै जलाउन खोजेपछि बूढो ग्यालिलियोले कुरा त फेरे तर...राति आकाशमा चम्किने चन्द्रमा र तारा देखेर त्यसलाई नजिकबाट हेर्ने र त्यसको बारेमा धेरैभन्दा धेरै जानकारी लिने इच्छा कसलाई हुँदैन ? आज शक्तिशाली दूरबीनको सहायताले कुनै पनि मानिस हजारौं ताराको निरीक्षण गर्नसक्छ तर आजभन्दा चार सय वर्ष अगाडि यसको कल्पना गर्नु पनि असंभव थियो । यस्तो समयमा एक मानिसले निश्चय गरे कि म ग्रहको गति तथा विभिन्न ताराहरुको स्थितिको सहीसही पत्ता लगाउने छु । ती मानिस थिए– ग्यालिलियो ग्यालिली । कैयौं वर्षदेखि प्रचलित विश्वास तोड्ने साहस गर्नाको कारणले उनले अन्धविश्वासी जनताको रिसको सामना गर्नु परेको थियो र उनलाई जीवनभर यूक्लिडलाई भैंm अपमान र गाली उपहारमा मिलेको थियो ।
शेक्सपियर जन्मिएको वर्ष सन् १५६४ को फेब्रुअरी महिनाको १५ तारिखका दिन ग्यालिलियो ग्यालिलीको जन्म भयो । उनको नाम उनको घरबाट राखियो । जेठो छोराको नाम घरबाट राखिने चलन थियो, टुस्कान ९त्गकअबल० जातिमा । ग्यालियोको जन्म यही जातिमा भएको थियो । ग्यालिलियोकी आमा गिउलिया ९न्ष्गष्बि० एक कुलिन परिवारकी छोरी थिइन् । उनी आफ्ना नातेदारहरु उच्च ओहदामा भएकोमा गर्व गर्थिन् ।
गिउलियोको विवाह भिन्सेन्जो ग्यालिलीसँग हुनुलाई आप्mनो कुलिनतामा आएको एउटा महत्वपूर्ण अवनतिको रुपमा लिइन् उनले र उनलाई आफ्नै विवाहलाई स्वीकार्न समेत कठिन भयो । भिन्सेन्जो तालिमप्राप्त संगीतकार भएको भए पनि, उनले एउटा संगीत विद्यालय सञ्चालन गरेको भए पनि अथवा उनले धेरै सांगीतिक सिद्धान्तका बारेमा पुस्तक लेखेका भए पनि, उनले कपडाको व्यापार गरेर घर धान्नुपर्ने बाध्यतामा थिए । पिसामा व्यवसायिक सितारवादक र गायककारको माग ठूलो थिएन । पैसा वा यसको अभाव ग्यालिली परिवारको एउटा स्थायी समस्या थियो, विशेषरुपले जब त्यो परिवारमा सात जना बच्चा जन्मिए ।
ग्यालिलियोको समयमा अहिलेको इटली टुक्राटुक्रामा विभक्त थियो । ती राज्यहरु पोपतन्त्रमा आधारित थिए । टुस्कानी ९त्गकअबलथ० शहर फ्लोरेन्स शहरको शक्तिका सामू दबाइएको थियो ।
ग्यालिलियोलाई बददभथ या खबिियmदचयकब (एक पाठशाला) पठाइयो । यो मठशाला प्mलोरेन्सबाट २० माइल पूर्वमा रहेको थियो । भिक्षुहरुको अध्ययनस्तर उच्च थियो । यिनै मठशालाहरुको कारणले नै ज्ञान आर्जन गर्ने कामले निरन्तरता पाएको थियो ।
सन् १५८१ को सेप्टेम्बरमा १७ वर्षे ग्यालिलियोले आफ्नो जन्मस्थान पिसामा औषधी विज्ञानको अध्ययन सुरु गरे । तुरुन्तै उनलाई विज्ञानको यो अध्ययन अल्छी लाग्न थाल्यो । उनको प्रथम वर्षको सम्पूर्ण अध्ययन लगभग एरिस्टोटलमा केन्द्रित थियो र शिक्षण पनि ग्रीक, लेटिन र हिब्रुमा गरिन्थ्यो । यसको कारण के थियो भने औषधी शास्त्रलाई कलाको संकायको ९ँबअगतिथ या ब्चतक० का रुपमा लिइन्थ्यो । अहिले पनि कलाको अधेताले विभिन्न विषयहरुको सामान्य ज्ञान हासिल गर्नु आवश्यक ठानिन्छ । तर ग्यालिलियो तीव्र एवं चलाख थिए । उनीसँग विभिन्न विषयको अध्ययन गर्ने समय थिएन । उनी एउटा विशेष क्षेत्रमा पोख्तता हासिल गर्न चाहन्थे ।
ग्यालिलियोले, २१ वर्षको उमेरमा औषधी विज्ञानमा डिग्री नलिइकन पिसा विश्वविद्यालय छोडिदिए । वास्तवमा, उनले निकै ज्ञान हासिल गरेका थिए, विशेषतः गणितमा । त्यसपछिका केही वर्षहरु उनले गणितको ट्युसन पढाए । आफूसँग सर्टिफिकेट नभए पनि, उनी विश्वविद्यालयमा पढाउने काम पाउने बारे आशावादी थिए । यस काममा उनी तन, मन, धन लगाएर लागे । उनले आवेदन दिएका ठाउँहरुमा राम्रो प्रतिक्रिया आएन । उनले यसरी नै अरु चार वर्ष बिताए । उनले समयको भरमग्दुर प्रयोग गरे । उनलाई निम्त्याएको ठाउँमा उनले सार्वजनिक वक्तव्यहरु दिए । यी वक्तव्यले उनलाई जनतासामू परिचित बनायो ।
सन् १५८९ को गर्मीमा उनको भाग्य बदलियो । उनलाई पिसा विश्वविद्यालयमा गणितको अध्यापकको रुपमा तीन वर्षको निम्ति नियुक्त गरियो । यो उनले सोचेभन्दा तल्लो दर्जाको काम भए पनि, प्राज्ञिक वातावरणमा फर्किन पाएकोमा उनी हर्षित थिए । विज्ञानविद्यालयको भर्नाले त्यस्तो वाचाल र घमण्डी युवकको आगमनले त्यति हर्षित नभएको हुन सक्थ्यो ।
२० वर्षको उमेरमा ग्यालीलियोलाई एउटा नयाँ नियमको अनुभव भयो । एक दिन पिसाको एउटा गिर्जा घरको छतमा झुण्डिएको रालो हल्लिएको देखेर उनले अनुभव गरे कि रालो बायाँतिर जति टाढा पुग्छ फर्किदा दायाँतिर पनि उति नै टाढा पुग्छ । उनले केही परीक्षण गरे र पछि सिद्ध गरे कि एउटा निश्चित लम्बाईको पेण्डुलम (रालो) लाई यदि द्रुत गतिले अथवा विस्तारै हल्लाएर छोडिदियो भने त्यो लगातार एउटै रप्mतारमा घुमिरहन्छ ।
भित्तामा टाँगिएको घडीमा यही सिद्धान्त लागू हुन्छ । यो सिद्धान्त सिम्पल हारमोनिक मोशनको नामले भौतिकविज्ञानमा आज पनि प्रचलित छ ।
ग्यालिलियोका बाबु भिसेन्जोले आफ्नो जेठो छोराको सहयोगमा ध्वनि र गितारका तारहरुको बीचको सम्बन्धको बारेमा अध्ययन गरेका थिए र त्यसको निष्कर्षलाई आफ्नो पुस्तकमा लखेका थिए । उनकै एउटा किताबले ग्यालिलियोको वैज्ञानिक अनुसन्धानको तरिकालाई धेरै सहयोग गरेको थियो । उनले लेखेका थिए, ‘मेरो विचारमा ती मान्छेहरु जो अनुसन्धानबिना सिद्धान्त प्रतिपादन गर्न खोज्छन्, मूर्ख तरिकाले व्यवहार गर्छन् । म स्वतन्त्र भएर प्रश्न राख्न चाहन्छु अनि स्वतन्त्र भएर उत्तर दिन चाहन्छु । यसले नै सत्यको खोज गर्नेहरुलाई बाटो देखाउन सक्छ ।’ ग्यालिलियो चौबीस वर्षको हुँदा उनका पिताले यो वाक्यांश लेखेका थिए । आफ्नो वैज्ञानिक खोजको नवीन तरिका ग्यालिलियोले आफ्नो पिताबाट सिकेका हुनभन्दा अतिउक्ति हुँदैन । यद्यपि, जब उनले पुराना सिद्धान्तलाई प्रयोग गरेर स्थापित सत्यलाई लल्कारे, उनी र चर्चबीच द्वन्द्व शुरु भयो ।
१५८५ मा भिसेन्जोको निधन भयो । मर्ने बेलामा उनले कुनै नगद या जिन्सी सम्पत्ति छोडेर गएका थिएनन् । त्यसैले बाबुको मृत्युपछि ग्यालीलियोले पढाई छोडेर नोकरीको खोजीमा यता र उता भड्किनु प¥यो । तिनै दिन अरस्तूको गतिको नियमको विरोध गरेको कारण टस्किनको ग्राण्ड ड्यूकको नजर उनमा प¥यो ।
उनको विद्वताबाट प्रभावित भएर ड्यूकले उनलाई पिसा विश्वविद्यालयमा गाणितको प्रोफेसर नियुक्त गरिदिए । सानो उमेरमा बिना डिग्री त्यसमाथि पनि अरस्तुको हजारौं वर्षदेखि चलिआएको सिद्धान्तलाई गलत सावित गर्ने साहस गर्नाको कारण विश्वविद्यालयमा उनका साथीहरुले उनलाई घृणा गर्न थाले । अरस्तुले ईसाको लगभग ३५० वर्ष अगाडि सिद्ध गरेका थिए कि गह्रुंगो कुरा माथितिर प्mयाँक्दा हल्का कुराको अपेक्षामा केही छिटो जमीनमा आउँछ किनकि दुवैको वजनमा अन्तर हुन्छ । तर ग्यालीलियोले सिद्ध गरे कि हल्का चीज जमीनमा ढिलो आउनुको कारण त्यसको कम भार होइन, हावाको रोकावट हो ।
अरस्तूको सिद्धान्तलाई चुनौती
उनले भिन्नभिन्न भार भएका फलामको गोलो लिनिङ टावरमाथि चढेर समान दूरीबाट प्mयाँके । दुवै गोला एकै पटक जमीनमा आइपुगे । यो परीक्षण विश्वविद्यालयको विज्ञानका सबै अध्यापक तथा छात्रहरुले हेरिरहेका थिए । ग्यालीलियोले एकै झट्कामा अरस्तूको सदियौं पुरानो सिद्धान्तलाई भूmठो सिद्ध गरिदिए । उनले भौतिकविज्ञानलाई गतिशून्यता अर्थात् इनर्शियाको सिद्धान्त पनि भने, जसको सहायताले पछि आइज्याक न्यूटनले आप्mनो विश्वप्रसिद्ध गतिको पहिलो नियमको आविष्कार गरे ।
ग्यालीलियोको जन्मभन्दा केही समय अगाडि नै पोल्याण्डका निकोलस कोपरनिकसले सिद्ध गरिसकेका थिए कि पृथ्वी गतिशिल छ, जबकि सूर्य स्थिर रहन्छ । यो सिद्धान्तलाई विश्वमा कसैले स्वीकार गरेनन् किनकि उनको समयमा सबै मानिसहरु अरस्तूको सिद्धान्त अर्थात् ‘पृथ्वी स्थिर छ र यो नै पूरा ब्रह्माण्डको संचालनको केन्द्र हो’ लाई ढुंगाको लेखोट मानेर बसेका थिए ।
निकोलसपछि ग्यालीलियो ती दोस्रो मानिस थिए जसले प्रष्टसँगले घोषणा गरे कि पृथ्वी होइन बरु सूर्य समस्त ब्रह्माण्डको संचालनको केन्द्र हो । पृथ्वी र अन्य ग्रह नक्षत्र सूर्यको चारैतिर घुम्छन् जसलाई हामी दृष्टि भ्रमको कारणले बुभ्mन सक्दैनौं । अरस्तुको सिद्धान्तमाथि यो सिधैं हमला थियो । त्यसैले १५९१ मा ग्यालीलियोलाई उनका साथीहरुले विरोध गरेको कारणले पिसा विश्वविद्यालयबाट निकालियो । एक वर्षपछि उनी पाडुआ विश्वविद्यालयमा गणितका अध्यापक नियुक्त भए । त्यो बेलासम्म उनको यश यति धेरै फैलिसकेको थियो कि समस्त यूरोपबाट विद्यार्थीहरु उनकोमा पढ्न आउँथे । तर उनका देशवासीले उनलाई सदैव विधर्मी माने ।
यसै बेला ग्यालीलियो अन्तरिक्ष विज्ञानतिर आकर्षित भए । तबसम्म सानो दूरबीनको निर्माण भइसकेको थियो । ग्यालीलियोले ठूलो लेन्सलाई घोटेर टेलिस्कोपको निर्माण गरे, जुन विश्वको पहिलो टेलिस्कोप मानिन्छ । उनले टेलिस्कोप आकाशतिर फर्काए र एकै क्षणमा उनको अगाडि रहस्यमय तर चम्किलो दुनियाँ आयो । यसै टेलिस्कोपको सहायताले उनले कैयांै आश्चर्यजनक कुरा पत्ता लगाए । उनले सिद्ध गरिदिए, चन्द्रमाको बाहिरी सतह समतल छैन, त्यहाँ जमीनमा जस्तो पहाड या अग्लो होचो जमीन छ ।
ग्यालिलियोमा चालप्रतिको अत्याधिक चासो बढ्न थाल्दा उनी पिसाको एक (औषधी विज्ञान) चिकित्साशास्त्रका विद्यार्थी थिए । जति बेला उनले मानिसको धडकन ९एगकिभ० नाप्ने यन्त्र बनाए । एक १९ वर्षीय स्नातकोत्तर पूरा नभएको विद्यार्थी पिसा क्याथेड्रलको बेलुकाका सेवामा दिवासपनामा मस्त देखिन्थे । उनी सिलिङमा हल्लिरहेको बत्तीको दृश्य हेरिरहेका थिए । बत्तीले पार गर्ने दूरी लामो वा छोटो जे भए पनि चाल जहिल्यै पनि उही समयसम्म टिक्ने गर्दथ्यो । कुनै घडी नभए पनि ग्यालिलियोले आफ्नो नाडीको चालको सहायताले रालोले एक पटकमा पार गर्ने दूरी ९इकअष्ििबतष्यलक० नाप्ने प्रयास गरे । स्वभावैले जिज्ञासु मानिने ग्यालिलियोले उक्त डोरीको विभिन्न लम्बाई र तौलको प्रयोग गरी अवलोकन गरे । र, अन्त्यमा डोरीको लम्बाइले नै रालोले उक्त दूरी पार गर्न लाग्ने समय निर्धारण गर्दछ भन्ने कुरा उनले प्रमाणित गरे । रालोको तौलले भने खासै उल्लेख्य फरक देखाएन । उनले चालको आधारभूत सिद्धान्त पत्ता लगाए । र, त्यो रालोको नियमित चालको प्रयोग घडीहरुमा प्रयोग गर्नुभन्दा ५० वर्षपछि थियो । यसभन्दा पहिले चिकित्सामा पनि रालोको महत्व हुन सक्ने अनुमान उनले गरिसकेका थिए । उनले धागोको लम्बाइमा घटबढ गरी बिरामीको स्पन्दन दरमा आउने परिवर्तन नाप्न सकिने तथ्य फेला पारे । यो आविष्कारलाई पिसाको चिकित्सा विभागले सहर्ष अंगाल्यो । पल्सिलोजिया ९एगकिष्यिनष्ब० नामक यन्त्रको रुपमा देखा परेको उक्त स्पन्दन नाप्ने यन्त्रले पनि ग्यालिलियोको नाम र पैसा कुनै कुरामा पनि वृद्धि गर्न सकेन । यो अनुभवले उनलाई एउटा पाठ भने निश्चय नै सिकायो कि भविष्यमा उनले आफ्ना सबै आविष्कारहरुको विकास आफंैं गर्न र बजारमा समेत विस्तार गर्न सक्थे ।
उनको अर्को एक आविष्कार पनि पिसामै भयो । यद्यपि उक्त आविष्कार उनले पिसा छाडेको केही वर्षपछि मात्र बाहिर आयो । आफ्नो विद्यार्थी जीवनमा ग्यालिलियोले कक्षामा बस्नुभन्दा ओस्टिलियो रिक्की (टुस्कान कोर्टका गणितज्ञ) को कम्पनीमा बसेर बिताउनुलाई महत्व दिने गर्दथे । रिक्कीले ग्यालिलियोलाई युक्लिड र आर्किमिडिजप्रति अथाह सम्मान गर्न सिकाउँथे । उनीहरुका सिद्धान्तलाई चुनौती दिनुभन्दा पनि ग्यालिलियो ती सिद्धान्तकै पछि लाग्ने गर्दथे । तर यदि उनले तिनै सिद्धान्तमा रहेर केही नयाँ कुरा पत्ता लगाउन वा बनाउन सके त्यो सबैको श्रेय पनि आफंैंलाई प्राप्त हुने उनी ठान्थे । त्यसो त आर्किमिडिजले प्रतिपादन गरेको ९द्यगयथबलअथ० को सिद्धान्तका बारेमा पढ्दा वा सुन्दा ग्यालिलियो निकै घोरिइरहन्थे ।
हाइड्रोस्ट्याटिक ब्यालेन्स
आर्किमिडिजको यही सिद्धान्तमा रहेर ग्यालिलियोले वस्तुको तौल नाप्ने एउटा सानो यन्त्र बनाए । यसलाई इटली भाषामा ला–विलान्सेट्टा भनिन्थ्यो । यो यन्त्रले भने पानी र हावामा वस्तुको तौल नाप्न सकिन्थ्यो । हावामा नापिएको वस्तुको तौलभन्दा पानीमा नाप्दा उक्त वस्तुको तौल कम हुन्छ । जुन वस्तुले विस्थापित गरेको पानीको तौल, पानी र हावामा नाप्दा वस्तुको तौलमा देखिने फरक बराबर हुन्छ । ग्यालिलियोको यो तराजु अर्थात् तौल नाप्ने यन्त्रलाई हाइड्रोस्ट्याटिक ब्यालेन्स ९ज्थमचयकतबतष्अभ द्यबबिलअभ० पनि भनिन्छ । यही यन्त्रको सहायताले सुन, चाँदीजस्ता गहनाको शुद्धता नाप्न सकिने हुँदा यसको प्रयोग एक्कासि बढ्यो । यसबाट भने ग्यालिलियोले पाएको श्रेय निकै सन्तोषजनक थियो । २२ वर्षीय ग्यालिलियोले आफूले प्रतिपादन गरेको उक्त आविष्कार प्रचारप्रसारको रुपमा सन् १५८६ मा प्रकाशित गरे ।
पानी तान्ने यन्त्र
ग्यालिलियोले अर्को आविष्कारबारे प्रकाशन गर्नुभन्दा ७ वर्षपछि फेरि उनी आर्किमिडिजको सिद्धान्तबाट अभ्यास सुरु गर्न थाले । आर्किमिडिजको स्क्रियू नामक पुरानै प्रणालीलाई अपनाएर उनले अझ सहज पानी तान्ने कलको विकास गरे । यो पानी तान्ने यन्त्र पहिले प्रयोग गरिदै आएका यन्त्रहरुभन्दा निकै प्रभावकारी थियो । उनको उक्त यन्त्रले एउटा घोडाको प्रयोगबाट जमीनमुनि जम्मा भएको पानी थोरै समयमै धेरै निकाल्न सक्थ्यो । यो यन्त्र बाल्टिनको पालैपालो तलमाथि गर्ने चालमा आधारित थियो । तर पनि डाइनामोका छेदी चलाउनका लागि रालो ९एभलमगगिm० को प्रयोग गरिएको उक्त यन्त्रले भने घिर्नीको काम ग¥यो । फलस्वरुप प्रशस्त बाल्टिनको प्रयोग गरिएको हुनाले पानी निरन्तर रुपमा बगिरहन्थ्यो । ग्यालिलियोले यो यन्त्र अधिकांश किसानहरुले प्रयोग गर्लान् र प्रशस्त पैसा कमाउन सकिएला भन्ने सोचेका थिए । तर उनका केही परीक्षणहरु पछि भने उक्त उपाय अरुले चोर्ने हुन् कि भन्ने चिन्तामा परे । त्यसैले भेनिटियन राज्यबाट उनले उक्त आविष्कारलाई रजिष्टर गराउन ९एबतभलत० अनुरोध गरे । उनलाई उक्त विशिष्ट अधिकार सन् १९५४ मा प्राप्त भयो । उनी त्यस्तो विशिष्ट अधिकार प्राप्त गर्ने विश्वकै पहिलो व्यक्ति थिए । धेरै प्रयासपछि उनले एउटामात्र पानी तान्ने यन्त्र ९ध्बतभच एगmउ० बिक्री गरे । एक कुलीन वर्गका व्यक्तिले आफ्नो बगैंचामा पानी हाल्नका लागि उक्त कल खरिद गरेका थिए । निराश भएर ग्यालिलियोले आगामी आविष्कारका लागि अरु नै बजारको खोजी गर्ने विचार गरे ।
थर्मोस्कोप
ई.स.को पहिलो शताब्दी ताका अलेक्जेण्ड्रियामा छलफल भएको विषय अर्थात् हावा तताउँदा त्यसको फैलावट बढ्छ भन्ने कुरामा फेरि ग्यालिलियो सोच्न थाले । सन् १६०३ मा ग्यालिलियोले यस अभ्यासलाई प्रयोग गरी अध्ययन गर्न थाले । उनले एउटा सानो कुखुराको अण्डा आकारको काँचको तुम्बी ९ँबिकप० लिए र जसको घाँटीको भाग १६ इन्च लामो थियो । उनले उक्त तुम्बी तताए र आफ्नो हातमा राखेर त्यसलाई उत्तानो पारेर थोरै पानी भएको एउटा भाँडोमा डुबाए । जब उनले आफ्नो हातको ताप हटाए । पानी एकाएक उक्त तुब्बीको घाँटीतर्फ बढ्न थाल्यो र भाँडोमा पहिले देखिएको पानीको घेराभन्दा माथि पुग्यो ।
यस परीक्षणबाट ग्यालिलियोले शरीरको तापक्रम नाप्ने यन्त्रको विकास गर्ने आशा राखेका थिए । तर उनी थर्मोस्कोप बनाउने कार्यमा आइपरेका समस्यासँगै जुध्नमै व्यस्त भए । उनको सो आविष्कार वायुमण्डलीय चाप तर्फ आधारित थियो । तर जब उनी अर्को अनुसन्धानमा लागे उनका विद्यार्थीले यसलाई निरन्तरता दिए । उनीहरुले काँचको नली ९न्बिकक तगदभ० को माथिल्लो छेउमा अंक राखेर नाप रेखा बनाए र पहिला वायु थर्मोमिटर बनाए । पछि वैज्ञानिकहरुले उक्त नलीमा हावाको सट्टा पानी राखेर परीक्षण गर्न थाले । त्यसैगरी, रक्सी ९बअियजय०ि र तेलको पनि प्रयोग गरेर हेरे । पछि सन् १६७० मा पारो ९ःभचअगचथ० को प्रयोग गरे जुन सबैभन्दा प्रभावकारी माध्यम बन्यो । अठारांै शताब्दीको शुरुवाततिर विश्वव्यापी नाप तय गरियो । ड्यानियल फरेनहाइट र एण्ड्रस सेल्सियसले उक्त नाप निकालेका थिए । थर्मोमिटरसँग यिनै दुईको नाम जोडिन आए पनि ग्यालिलियो नै पहिलो व्यक्ति थिए जसले थर्मोमिटरको आविष्कार गरेका थिए । फेरि यसपटक पनि उनले आफूले गरेको कामको श्रेय पाउन सकेनन् । पिसा विश्वविद्यालयमा गरेको अध्यापनले ग्यालिलियोलाई आवश्यक शैक्षिक धरातल विकास गर्न मद्दत पु¥यायो । तर अध्ययनको करिब ३ वर्षपछि उनी अझ ठूला कुराको खोजीमा लागे । सन १५९२ मा भेनेटियन गणतान्त्रिकस्थित पादुवा विश्वविद्यालयमा उनी गणित विषयका प्राध्यापक बने ।
यो पदबाट ग्यालिलियोले राम्रो तलब पाए । त्यसको एक वर्षपछि उनको पिताको देहान्त भएपछि उनी नै परिवारका प्रमुख व्यक्ति बने । त्यसपछि आफन्तहरुको सल्लाह अनुसार उनले विवाह गरे र परिवारमा देखा परेको आर्थिक समस्याहरुको समाधान गर्न तर्फ लागे । अब ग्यालिलियो आफ्ना आविष्कारलाई झन् बढी व्यवसायिक रुप दिन चाहन्थे ।
ज्यामितिय कम्पास
गणतान्त्रिक भेनिस सधैं आफूमाथि हुनसक्ने हमलाबाट विचलित थियो । जसका लागि उनीहरुले धेरै पैसा सैन्य योजनामा खर्च गर्ने गर्दथे । भेनेटियन शस्त्रागार युरोपमा प्रसिद्ध थियो । सैन्य सम्बन्धी कुनै पनि यन्त्र वा हतियार त्यहाँ चासोको विषय बन्ने गर्दथ्यो । ग्यालिलियोको यस क्षेत्रको अध्यापन कार्यले भने उनलाई साथ दियो । त्यहाँ उनले किल्लाबन्दी र अन्वेषण सम्बन्धी अध्यापन गरे । बन्दुक र तोपसम्बन्धी सैनिकलाई विज्ञता हाँसिल गर्न कति गाह्रो हुन्छ भन्ने ग्यालिलियोले सुनेका थिए । बन्दुक ताकेर निशाना बनाउने कार्यमा लडाकुहरुलाई निकै अप्ठ्यारो हुने गर्दथ्यो । त्यसका लागि विभिन्न खाले औजारको निर्माण भए पनि त्यो निकै भद्दा र बेढंगको प्रक्रियाले बनेको थियो । यद्यपि ग्यालिलियोले ती औजारहरुको अध्ययन गरे र तिनका उत्कृष्ट विशेषताहरुसँग गणितीय औजार ढाँल्न थाले । उनले नयाँ ज्यामितिय विभक्त तर्फ विशेष ध्यान दिन थाले । ती विभक्तहरुका खुट्टामा श्रेणी वा नाप रेखाहरु अंकित गरिएको थियो । उक्त उत्पादनलाई कहिलेकाहीं सेक्टर भनिए पनि प्रायजसो सैन्य र ज्यामितिय दिग्दर्शक यन्त्र ९ऋयmउबकक० भन्ने गरिन्छ । हेर्दा निकै साधारण देखिने यो कम्पासमा धातुका दुईवटा सिन्कालाई विभक्त जस्तै गरी मिलाइएका थियो । त्यसैगरी धातुको एउटा चाप पनि उक्त कम्पासमा टाँसिएको थियो र चापको वरिपरि विभिन्न नापरेखा अंकित गरिएको थियो ।
ग्यालिलियोले निर्माण गरेको यो सेक्टर त्रिज्यखण्डको उपयोगिता असीमित रुपमा बढ्न थाल्यो किनकि यसले आधुनिक क्यालकुलेटरको पूर्वजको रुपमा काम ग¥यो । उनको यो सानो यन्त्रले बन्दुक चलाउनेहरु वा लडाकुहरुलाई उचित मात्रामा सही ढंगले तोप तथा बन्दुकको प्रयोग गर्न र निशाना लगाउन एउटा शक्तिको काम ग¥यो । सर्वेक्षकले यो औजारको प्रयोग आफ्नो निर्माण कार्यमा समेत प्रयोग गर्न सक्थे । यो औजारले मानिसलाई आर्थिक कारोबार गर्दा चक्र ब्याज हिसाब गर्न समेत सहयोग गर्दथ्यो ।
फेरि ग्यालिलियो आफ्नो यो सूत्र चोरिने हो कि भन्ने चिन्तामा परे । त्यसैले उनले उक्त औजार बनाउने कामदारलाई आफ्नै घरको तल्लो तलामा बोलाएर काम गर्न लगाए । मानिसहरुले उक्त कम्पासको भरपूर सदुपयोग गर्न सकून् भन्ने उद्देश्यले उनले उक्त औजारसहित निर्देशिका पनि उपलब्ध गराए । तर उक्त सामानको बजार बन्दै जाँदा हातैले निर्देशिका लेख्न असम्भव नै थियो । त्यसैले उनले त्यो बेलाको पछिल्लो प्रविधिको प्रयोगबाट निर्देशिका छाप्न थाले । सयौं कम्पासहरु बनाएर बिक्री गरिए जसबाट ग्यालिलियोले निकै रमाइलो उपलब्धि हासिल गरे ।
धातु परीक्षक
ग्यालिलियोले सन् १६२२ मा पूरा गरेको पुस्तक ‘द एसेयर’ अर्थात् ‘धातु परिक्षक’मा उनले आफ्नो बुद्धिमता प्रदर्शन गरेका छन् । यो पुस्तकमा अत्यन्तै सुन्दर ढंगले बुनिएको गद्यको प्रयोग गरिएको छ । जसमा होसियारीपूर्वक सन्तुलित वाक्य र चमकदार शब्द–खेल पनि पाइन्छन् । विषय छनोट पनि निकै चलाखीपूर्ण ढंगले गरिएको पाइन्छ । तुला सबै खाले वस्तुको तौल लिने तराजु थियो । तर, ‘स्यागिएटर दोस्रो’ ती अमूल्य औजारको नाम थियो जुन धातु परीक्षकले आप्mनो कार्यालयमा शुद्ध सुन नाप्न प्रयोग गर्दथे ।
धेरै पाठकले उक्त पुस्तक ग्यालिलियोको अत्युत्तम साहित्यिक रचनाका रुपमा लिए । यो पुस्तक आधुनिक वैज्ञानिक सोचका लागि सीमाचिह्न साबित भयो । यस पुस्तकमा उनका महत्वपर्ण लेखन समावेश थियो जहाँ उनका वैज्ञानिक प्रमाणहरु र आविष्कारका बारेमा राम्रो तथ्यांक पाइन्थ्यो । ‘द एसेयर’ एक दार्शनिकको मेहनत थियो । यहाँ उनले विज्ञानका दर्शनहरु पनि समाहित गरेका थिए । यो प्रयोगात्मक अभ्यास र अवलोकनमा आधारित एक अध्ययन थियो । प्रतिबन्ध लगाइएको कपरनिकसको सिद्धान्तलाई समेट्न नचाहे पनि ग्यालिलियोको लेखन अत्यन्तै विस्फोटक थियो । उनको प्रकाशक लिङ्सियन एकेडेमी पनि पादरीहरुले पर्वाह नगरी अगाडि बढ्ने ग्यालिलियोको साहस देखेर हर्षित भएको थियो । तर उनीहरुको ध्यान भने अनुसन्धानले उक्त पुस्तक प्रकाशन गरेको आरोपमा प्रकाशनलाई नै बाधा पु¥याउने त होइन भन्नेतिर केन्द्रित थियो । यो हुनबाट बच्नका लागि एउटा योजना पनि बनाइयो । एक प्रतिष्ठित र खान्दानी व्यक्ति, प्रिन्स सेजीका साथीहरु उच्च पदमा थिए । सेजी उक्त एकेडेमीका संस्थापक अध्यक्ष थिए । उनले पोपको अगाडि ग्यालिलियोका पुस्तक प्रस्तुत गर्ने बन्दोबस्त मिलाए । पोपले ग्यालिलियोसँगको पछिल्लो भेटमा उनको प्रतिभाको कदर गर्दै आफूले व्यक्तिगत सहयोग गर्ने आश्वासन समेत दिएका थिए । यदि पोपले त्यस पुस्तकलाई अनुमोदन गरेमा पादरीहरुले कुनै हानी पु¥याउन सक्दैनथे ।
ग्यालिलियोलाई अभियोग किन ?
केही वर्षको मेहनतपछि उनी ती पहाडको उचाइको अनुमान लगाउन पनि सफल भए, उनले यो पनि पत्ता लगाए कि कैयांै नक्षत्र आप्mनो प्रकाशले चम्कदैनन्, बरु चन्द्रमा जसरी सूर्यको उज्यालो लिएर प्रकाश छर्छन् ।
उनले हजारौं ताराको अध्ययन गरे । उनी बृहस्पतिका चार उपग्रहको पत्ता लगाउन पनि सफल भए । उनले कठिन परीक्षण गरेर नक्षत्रले जसरी पृथ्वीले पनि घामको उज्यालो प्mयाँक्ने गर्छ भन्ने कुरा पत्ता लगाए । यसले उनले यो परिणाम निकाले कि यदि चन्द्रमामा कोही बस्यो भने उसले पनि पृथ्वीको पनि चन्द्रमाको भैंm चमक देख्नेछ जसरी पृथ्वीका निवासीले चन्द्रमाको प्रकाश देख्छन् ।
आप्mनो जीवनको अन्तिम वर्षमा ग्यालीलियोले डाइलग्स अन टू न्यू साइन्सेज
(सूर्य नयाँ विज्ञान पद्धतिमा संवाद) “डाइलग अन द टू सिस्टम्स अफ द वल्र्ड”
(ब्रह्माण्डको सम्बन्धमा दुई व्यवस्था सूत्र) नामक दुई पुस्तक लेखे, जसमा उनको समस्त जीवनको सफलताको लेखाजोखा थियो । यिनै पुस्तकबाट ग्यालीलियोले समस्त इटलीलाई आप्mनो विरोधी बनाए किनकि उनले यो पुस्तकमा वर्षौंदेखि मान्य सिद्धान्तलाई गलत सिद्ध गरेका थिए । उनलाई मुद्दा चलाउने माग हुन थाल्यो । उनको घरमा सधंै ढुंगा हानिन्थे । उनलाई घरबाट बाहिर निस्कन मुश्किल बनाइदिएका थिए मानिसहरुले । बाइबलमा स्पष्ट शब्दमा लेखिएको थियो कि सूर्यले पृथ्वीको परिक्रमा गर्छ । बाइबलको विरुद्ध आएको उनको नयाँ खोज धर्मभीरुहरुले पचाउन सकेनन् र उनीमाथि अवाञ्छीत क्रियाकलाप हुन थाले र बाइबलको कुरा काटेको भनेर उनलाई अदालतमा पु¥याइयो र भनियो, यदि उनी आप्mनो कुरा सच्याएर सूर्यले नै पृथ्वीको परिक्रमा गर्छ भन्छन् भने मात्र क्षमा दिइन्छ नत्र उनलाई कारावासको सजाय गरिने छ या मृत्युदण्ड दिइनेछ ।
अन्त्यमा उनले आप्mनो ज्यान बचाउनको लागि अदालतमा आप्mनो नियमलाई भविष्यमा साँचो मानिने कसम खाए र भने ‘मैले यो अदालतमा भनेर सूर्यले पृथ्वीको परिक्रमा गर्ने होइन र मैले जतिपटक कराएर भने पनि परिक्रमा त पृथ्वीले नै सूर्यको गर्छ ।’ यो घटनापछि उनी धेरै वर्ष बाँच्न सकेनन् । उनको मृत्यु १६४२ मा भयो ।