
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकताका लागि वार्ता हुने भएको छ । यी दुई पार्टीबीच मंगलबार एकताका लागि वार्ता हुने भएको हो ।वार्ताका लागि माओवादी केन्द्रको तर्फबाट संयोजक कृष्णबहादुर महरा सहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितका नेता रहेको बताइएको छ ।वार्ता टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएका संयोजक गंगानारायण श्रेष्ठले जानकारी दिए ।




























