काठमाडौँ । काजकिस्तानमा ६७ यात्रुसहित उडेको एक विमान बुधबार दुर्घटनाग्रस्त भएको छ ।काजकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जना जीवितै अवस्थामा उद्धार गरिएको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ ।अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरूले बताएका छन् ।दुर्घटनाको कारण खुल्न सकेको छैन ।
अजरबैजान एयरलाइन्सको जे२–८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।