
काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावबीच अमेरिकाले इरानविरुद्ध आफ्नो सैन्य कारबाही अझ तीव्र पारेको छ ।अमेरिकाले इरानी शासनविरुद्धको अमेरिकी ‘अपरेसन एपिक फ्युरी’मा सहभागी हुन बी–२ स्टेल्थ बमवर्षक विमान परिचालन गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डले शुक्रबार यस्तो घोषणा गरेको हो ।यी विमानको लक्ष्य इरानसँगका खतरालाई समाप्त पार्नु र भविष्यमा उसको सैन्य क्षमतालाई पुनर्जीवित हुनबाट रोक्नु रहेको जनाइएको छ । यो कारबाही उक्त क्षेत्रको सुरक्षा र आफ्ना सहयोगीको रक्षाका निम्ति गरिएको अमेरिकाको भनाइ छ ।सेन्ट्रल कमान्डका अनुसार, बी–२ विमानहरू आज इरानबाट हुने खतरा टार्न र भविष्यमा उनीहरूको पुनर्निर्माण गर्ने क्षमतालाई समाप्त पार्न लामो दूरीको प्रहारका निम्ति प्रयोग गरिनेछ ।



























