
काठमाडौँ ।राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकलाई दिर्घकालीन रुपमा स्थीरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताउनुभएको छ ।बुधबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८१ को मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलमा भाग लिदै गौतमले कुनै दलको बहुमत नआउने व्यवस्थाले सधै राजनीतिक अस्थीरता हुने गरेको भन्दै स्थीरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताउनुभएको हो ।उहाले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीका साथै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने धारणा राख्नुभयो । पार्टी निर्वाचित हुने प्रणाली भएपनि उम्मेद्वारहरु पहिले नै तय गरेर जनताकाबीच प्रस्तुत गर्ने प्रणाली स्थापीत गर्नुपर्ने उहाको भनाइ छ ।गौतमले सरकारले अहिले ल्याएको बजेट घाटाको बजेट भएको, मुलुक गणतन्त्रमा प्रवेश गरेपनि पुरानै ढंगले बजेट आउने गरेको धारणा राख्नुभयो ।बैठकमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, कानून मन्त्रालय, कृषि, गृह, सञ्चार लगाएतका मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल भएको थियो ।



























