
काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।भूमिसम्बन्धी अध्यादेशका बिषयमा वौद्धिक पेशाकर्मी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा उहाले भूमिसम्बन्धी अध्यादेश देशमा हितमा नरहेको भन्दै सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । उहाले भूमि अध्यादेश फिर्ता लिन सरकारसँग माग समेत गर्नुभयो । भूमि अध्यादेश पारित गर्न बिचौलियाहरुले अरर्वौको चलखेल गर्न खोजेको आफुले सुनेको उहाले बताउनुभयो । वन बिनास गरेर देशलाई मरुभूमिकरण गर्ने कानून स्वीकार्य नहुने भन्दै उहाले अध्यादेशले वास्तविक भूमिहिनको समस्या समाधान समेत गर्न नसक्ने धारणा राख्नुभयो ।अध्यक्ष यादवले भूमि आयोगको नियत भूमिहिनको समस्या समाधान गर्न भन्दा पनि भू–माफीयामार्फत अनुचित लाभका लागि देशलाई बर्वाद गर्ने तर्फ देखिएको तर्क गर्नुभयो । उहाले सरकारको ध्यान गरिवी समस्या समाधान गर्नुभन्दा पनि बिचौलियासंग मिलेर पार्टी फुटाउनेमा केन्द्रीत रहेको आरोप लगाउनुभयो ।



























