नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट भन्नेले नै पार्टी बिभाजन गर्दा विश्वास नै नलागेको बताउनुभएको छ ।नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा बल्खुस्थित मदननगरमा आयोजित माल्र्यापण कार्यक्रमका बोल्दै ओलीले झण्डै दुईतीहाइ नजिक पुराएको कम्युनिष्ट पार्टीलाई दक्षिणपन्थीको इशारामा फुटाउन कम्युनिष्ट भन्नेले भूमिका खेलेको देख्दा विश्वास नै नलागेको बताउनुभएको हो ।उहाले सवै कुरालाई पराजित गर्र्दै अलमलमा परेका नेताहरुलाई एकतावद्ध बनाउदै कम्युनिष्ट पार्टी सुदृढ शक्तिको रुपमा आएको बताउनुभयो । सवै एकतातिर हुँदा एमालेले एक्लै चूनाव लड्दा पनि आफ्नो हैसियता देखाउन सफल भएको उहाले बताउनुभयो ।अध्यक्ष ओलीले पार्टीलाई सिद्धाउने चक्रव्युहबाट बाहिर निस्केको अवस्थामा अव दिगो बिजय हासिल गर्न मिशन ८४ मा ध्यान केन्द्रीत रहेको धारणा राख्नुभयो । ओलीले अग्रज नेताहरुले देखाएको बाटो पछ्याउदै मुलुकलाई समृद्ध बनाउन एमाले ध्यान केन्द्रीत हुने जिकिर गर्नुभयो ।कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल लगाएतले मदन आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी पार्टीका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।