
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चूनौतिको सामना गर्न पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको १० औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिले देशभित्र निकै चुनौति देखिएको भन्दै यसलाई सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।यसअघि जस्तै अहिलेको चूनौति समाधान गर्न कांग्रेस सफल हुने उहाको विश्वास छ । सभापति देउवाले देशमा खेलकुद प्रति युवाहरुको आकर्षण रहेको भन्दै खेल क्षेत्रको बिकासमा सवै गम्भीर भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले खेलकुदमा जस्तै नेपाली राजनीतिमा अनुशासन कायम गर्नुपर्ने बताउनुभयो । उहाले गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भएको र नेपालको राजनीति गम्भीर घुम्तीमा पुगेको धारणा राख्नुभयो ।उहाले राजनीतिलाई सहि ट्रयाकमा ल्याउने काम कांग्रेसकै भएकाले निराशालाई आशामा बदल्ने जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।




























