
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक साताभित्र प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने बताउनुभएको छ ।विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनमा रहेका दलहरु संग छलफल गरेर चाडै नै मन्त्रिमण्डललाई पूर्णता दिने बताउनुभएको हो । उहाले प्रदेशमा मन्त्रालय थप नगर्ने बिषयमा सरकार प्रष्ट रहेको जिकिर गर्नुभयो । उहाले सर्वोच्च अदालतले अन्तरिम आदेश, अल्पकालिन आदेश र काम रोक्न आदेश समेत नदिएकाले अदालतमा विचाराधिन मुद्दा भन्न नमिल्ने भएकाले विश्वासको मत लिने निर्णय गरेको धारणा राख्नुभयो । कार्कीले अहिलेको अवस्थामा संसदीय प्रक्रिया र मूल्यमान्यतामा कांग्रेस चुकेको प्रतिक्रिया दिनुभयो ।यस्तै राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता भक्ति सिटौलाले अहिले प्रदेश सरकारलाई मत नदिएर तटस्थ बसेपनि समय परिस्थीति अनुसार पार्टीले आगामी दिनमा आवश्यक निर्णय गर्ने जिकिर गर्नुभयो ।




























