
काठमाडौँ ।नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चूनौति दिनसक्ने अवस्थामा पुगेको बताउनुभएको छ ।बुधबार काठमाडौंमा सीजी फुड्स नेपाल लिमिटेडद्वारा आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप घोषणा गरेको पुरस्कार बितरण कार्यक्रममा सचिव खड्काले हालैको विश्वकपमा नेपालले गरेको प्रदर्शन प्रसंसायोग्य रहेको भन्दै विश्वका जुनसुकै टिमलाई चूनौति दिनसक्ने अवस्थामा पुगेको बताउनुभएको हो । नेपालले विश्वकपमा व्यहोरोको हार दुखद भएपनि प्रदर्शन भने निकै उत्कृष्ट रहेको उहाले बताउनुभयो । सचिव खड्काले आगामी दिनमा नेपाली क्रिकेटप्रतिको आशालाई निराशा हुन नदिन त्यही अनुसारको पूर्वाधारयुक्त तयारी गर्नुपर्ने जिकिर गर्नुभयो ।त्यस्तै नेपाली क्रिकेटर सन्दीप लामिछानेले विश्वकपको नतिजा जस्तो आएपनि थप अनुभव र हौसला प्राप्त भएको जिकिर गर्नुभयो । अग्रजहरुका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगको भन्दै उहाले क्रिकेटमा नेपाललाई थप सफलता दिन मेहनत गर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा वाइवाइले यसअघि गरेको घोषणा अनुसार क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको थियो ।




























