
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगको जनाएको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि हुने र भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेलालाई सफल बनाउन तयारी तीव्र रुपमा भइरहेको र प्रतिनिधिहरुको टुङ्गो लागेको जानकारी दिनुभयो । उहाले राष्ट्रिय भेला महाधिवेशनको समेत तयारीका लागि आयोजना गरिएको र महाधिवेशनका बिषयमा आउने प्रश्नहरुको जवाफ भेलामार्फत दिने जिकिर गर्नुभयो । त्यस्तै बुर्लाकोटीले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुराउन उपसभामुखलाई हटाउने षडयन्त्र भइरहेको बताउनुभयो । पुरानो मितिमा लेखिएको पत्रका आधारमा अहिले विरोध जनाउने कुरा उचित नभएकाले रास्वपाले यसको बिरोध गर्ने उहाको भनाइ छ ।राष्ट्रिय भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदन पेश गरिने र सवै प्रदेशका सभापतिहरुले पनि आ–आफ्नो प्रतिवेदन समेत प्रस्तुत गर्ने रास्वपाले जनाएको छ ।




























