
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउनुभएको छ ।बिहीबार बसेको बैठकमा उहाले भारत भ्रमणका बारेमा जानकारी गराउनुभएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डले गत जेठ २७ र २८ गते भारतको भ्रमण गर्नुभएको हो । उक्त भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको उहाँले स्मरण गराउनुभयो ।यसअघि भारतीय प्रधानमन्त्रीको सपथ ग्रहणमा नेपालका तर्फबाट प्रधानमन्त्री जाने गरेकाले यसपटकको सपथमा आफु गएको उहाले बताउनुभयो । भ्रमणका क्रममा नेपाल भारत सम्बन्धलाई थप बलियो बनाउने, बिगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयन, सीम लगाएतका बिषयमा छलफल गर्ने, पञ्चेश्वर, अरुण आयोजनाको कार्यान्वयन लगाएतका बिषयमा भारतीय प्रधानमन्त्रीसंग कुराकानी भएको उहाले बताउनुभयो । त्यस्तै उहाले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिनुभयो ।प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका बिषयमा पनि सदनमा जानकारी गराउनुभएको थियो ।




























