
काठमाडौं ।महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गर्नुभएको छ । बिहीबार शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिएपछि महान्यायाधिवक्ताको कार्यालय पुगेर बडालले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै बडालले संविधानले निर्धारण गरेको दायरा अनुरुप आफुले काम गर्ने बताउनुभयो । सरकारलाई उचित सल्लाह दिदै सरकारबिरुद्ध परेका मुद्दाहरुको प्रतिरक्षा गर्ने कामलाई आफुले प्रभावकारी रुपमा अघि बढाउने उहाले बताउनुभयो । उहाले कुनै पनि घटनाबाट प्रभावित भएका व्यक्तिहरुलाई न्याय दिने कामलाइ उचित ढंगले अघि बढाउने धारणा राख्नुभयो ।वरिष्ठ अधिवक्ता बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।




























