
काठमाडौँ- मनसुनजन्य विपद्का कारण यस वर्ष १ सय ४४ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले यस वर्ष मनसुन भएको दिन जेठ २८ गतेदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना घटेको र १ सय ४४ जनाको ज्यान गएको जानकारी दिएका हुन् । प्राकृतिक विपद्का कारण २ सय ३१ घरमा क्षति पुगेको, ४३ वटा पुल बगेको र ४ हजार भन्दा बढि परिवार विस्थापीत हुने अवस्थामा पुगेको उहाले जानकारी दिनुभयो ।गृहमन्त्री लेखकले मृत्युमध्ये ४७ परिवारलाइ राहत दिएको र बाँकी परिवारलाई राहत दिने क्रममा रहेको जानकारी दिनुभयो । उहाले बेपत्ता भएका मानिस १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।त्यस्तै गृहमन्त्री लेखकले सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताउनुभयो । उहाले छोराको प्रमाणपत्र प्रमाणित गर्न सांसद वीरेन्द्र महतोले बिचौलियालाई घुस दिएको बिषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्नुभयो ।उहाले घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको पनि बताउनुभयो ।




























