काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार रामेश्वर श्रेष्ठले कलम र रुख दुवै चिह्नमा परेको मत आफ्नो हुनुपर्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।उनले दिएको निवेदनमा भनिएको छ, “उमेदवार नभएको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदका हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिष्पर्धीद्वार नै नभएका कलम र रुख चिह्नमा मत संकेत भए पनि म उमेदवार भएको कलम चिह्नको मत संकेतलाई समेत बदरगरी गणना गरेको र यसबाट मत परिणाममा असर परी, उप विजेता हुने उमेदवारले जित्ने र जित्ने उमेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखा परेको छ । तसर्थ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसायअनुसार हुनेगरी प्रतिष्पर्धी उमेदवार नै नभएका कलम र रुख चिह्नमा मत संकेत भएका मतपत्रमा म उमेदवार भएको कलम चिह्नको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दोहो¥याइ मतगणना गरी गणनाहुन बाँकी मतपत्रसमेत यसै कानुनी आधारमा गणना हुन मतदान अधिकृतलाई आदेश गरिपाउँ ।”