
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ । गएराति सम्पन्न खेलमा बिलबाओले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।विकी विलियम्सले २१ औं मिनेटमा गोल गर्दै एथ्लेटिकलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको ओसासुनाले ७६ औं मिनेटमा बराबरी गोल गरेको थियो । उसका लागि इजिक्विल एभिल्लाले गोल गरेका थिए ।७९ औं मिनेटमा एथ्लेटिकका लागि कोनन कोद्रोले गोल गरेपछि ला लिगामा स्पष्ट तीन अंक लिन सफल भयो । जितसँगै एथ्लेटिक क्लब २३ अंकसहित पाँचौं स्थानमा छ भने पराजित भएको ओसासुना १९ अंकसहित १२ औं स्थानमा छ ।पहिलो हाफको अतिरिक्त पाँचौं मिनेटमा अलाभेसका एसियर विलालिब्रेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ७७ औं मिनेटमा टोनी मार्टिनेजले गोल गरेपछि अन्ततः अलाभेस २–१ को पुनरागमन जीत निकाल्न सफल भयो ।अलाभेसले ३ खेलबाट ४ अंक बनाएको छ भने सोसिडाडको समान तीन खेलबाट तीन अंक नै रहेको छ । यसैगरी भालाडोलिड र लेगानेस तथा एथ्लेटिको मड्रिड र एस्पानोलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।




























