
सरकारले आफुहरुसंग गरेको सम्झौताहरु कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । रोल........सहकारीमा बचत गरिएको रकम फिर्ता गर्ने वातावरण बनाउदै यसअघि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडित महासंघको अगुवाइमा आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन भएको हो ।उनीहरुले निक्षेपको साँवा व्याज अबिलम्व फिर्ता गर्नुपर्ने माग राखेका छन् । काठमाडौंको रत्नपार्कबाट जुलुस निकालेर न्युरोड सुन्धरा परिक्रमा गर्न खोज्दा भद्रकाली नजिक प्रहरीले प्रदर्शनकारीलाइ रोकेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो ।तेस्रो चरणको आन्दोलन सुरु गरेको लामो समयसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ ।




























