
काठमाडौं । विपक्षी दलले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको थियो ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले डाकेको विपक्षी दलको बैठकले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने समझदारी भएको माओवादी नेता शक्ति बस्नेतले बताए ।बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनस्स्थापनाबारे सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको उनले बताए । ‘जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन । प्रतिपक्षी पार्टीको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ,’ बैठकपछि उनले भने ।विपक्षी दलको बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आम आदमी पार्टीको सहभागिता रहेको थियो ।




























