
काठमाण्डाै | शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ ।नेप्से झन्डै साढे २ महिनापछि २६ सय विन्दुमुनि झरेकाे हाे । यसअघि गएकाे असाेज १६ गते नेप्से २६ सय विन्दुमुनि झरेकाे थियाे ।आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।बिहीबार शतप्रतिशतले समूह परिसूचक घटेको छ । बैकिङ १२, विकसा बैंक ७०, वित्त ७३, होटल र पर्यटन ५६, जलविद्युत ५३, लगानी २, जीवन बीमा १३३, उत्पादन र प्रशोधन २२, लघुवित्त ३५, निर्जीव बीमा १३४, व्यापार १३२ र अन्य समूह १८ अंकले घटेको हो ।बिहीबार सर्वाधिक कारोबर हुने कम्पनीहरुमा जानकी फाइनान्स, कार्णली विकास बैंक, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो । जानकी फाइनान्सको १७ करोड ६० लाख, कार्णली विकास बैंकको ११ करोड ४५ लाख , नेपाल फाइनान्सको १०करोड २२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ८ करोड ६ लाख र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ७ करोड ७२ लाख बराबर कारोबार भयो ।बिहीबार सर्वाधिक कमाउनेमा सर्पोट फाइनान्स र सर्वाधिक गुमाउनेमा नरायणी विकास बैंक रह्यो ।




























