
काठमाडौँ। काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको जहाजको इञ्जिनमामा प्राविधिक समस्या आएपछि काठमाडौँतर्फ डाईभर्ट गरिएको छ।डान नं. ९५३ जहाज कल साइन ९ एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।उक्त विमान बिहान ११:१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। जहाजलाई एयरलाइन्सका प्राविधिकले परीक्षणा गरिरहेको कर्णले बताए। उनका अनुसार यात्रुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ।




























