
काठमाडौं । आम जनता पार्टी (आजपा)को पदाधिकारी बैठक बुधबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने पदाधिकारी बैठकले पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलनलाई सफल बनाउँन विभिन्न कमाण्ड तोक्नुका साथै समसामयिक बिषयमा समेत महत्वपूर्ण निर्णय गर्दैछ ।आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा देखिएको वर्तमान संकटको जड नै अहिलेको दलाल दलतन्त्र भएको बताए । उनले दलिय गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन तेश्रो जनआन्दोलन आवश्यक भएको बताए ।आजपाले २०८० साल चैत २४ तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । दलिय दलाल दलतन्त्रले दल, नेता तथा नेताका आसेपासे मोटाएको र जनतामा निराशा छाएको निष्कर्ष निकाल्दै आजपा अध्यक्ष साहले तेस्रो जनआन्दोलनको आवश्यक्ता रहेकाले जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका थिए ।‘अहिले लुटकारी दलाल दलतन्त्रको हालीमुहाली छ । दलका सिमित नेता र तिनका आसेपासे मोटाएका छन् । लुट-भ्रष्टाचार, कुशासन, अनियमितता, मनोमानी बढदै गईरहेको वर्तमान अवस्थामा जनताको शासनका लागि तेस्रो जनआन्दोलनको बिकल्प छैन्’, आजपा अध्यक्ष साहले भने, ‘अब जनताको गणतन्त्रका लागि हामी सडकमा आउनैपर्छ । भ्रष्ट दलिय व्यवस्थाको खारेज गर्नैपर्छ ।’आजपाले आउदो २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा विरोधसभा र प्रदर्शन गर्न लागेको छ । त्यसैको पूर्वसन्ध्यामा बस्न लागेको पदाधिकारी बैठकले आन्दोलनलाई सफल बनाउने बारेमा रणनीति तय गर्ने बताइएको छ ।आजपाले विगतदेखी नै भ्रष्टाचार, कुशासन, अनियमितता, सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगार ठगी लगायतका विषयमा निरन्तर संघर्ष गर्दै आएको छ । बैठकमा विगतका आन्दोलनको समिक्षाका साथै अगामी आन्दोलनलाई शसक्त बनाउने बारेमा छलफल हुनेछ ।




























