काठमाडौं । ट्रेकिङ एजेन्सीज नेपाल टानले भूकम्प प्रभावितका लागि पाँच लाख बढी आर्थिक सहयोग गरेको छ । जाजरकोट र रुकुममा भूकम्प प्रभावितहरूका लागि टानले प्रधानमन्त्री राहत कोषमा ५ लाख ५ हजार ५५५ रुपैयाँ जम्मा गरेको हो । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।