
काठमाडौं।सुडानमा विद्रोही समूहले गरेको आक्रमणमा चार सयभन्दा बढी सर्वसाधरण मानिस मारिएका छन् ।संयुक्त राष्ट्रसंघका अनुसार सुडानको उत्तर डारफोर क्षेत्रमा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज ९आरएसएफ०द्वारा हालै गरिएका आक्रमणमा चार सयभन्दा बढी मानिस मारिएको संयुक्त राष्ट्रसंघले बताएको छ ।गत हप्ता, आरएसएफले सुडानी सेनाले नियन्त्रणमा रहेको दारफुरको अन्तिम राज्य राजधानी ९एल–फासर सहर० कब्जा गर्ने प्रयासमा सहर वरिपरि भोकमरीको चपेटामा परेर विस्थापित शरणार्थी शिविरहरूमा जमिन र हवाई आक्रमण गरेको थियो ।बीबीसीले जनाए अनुसार सुडानको सेना र आरएसएफबीच अप्रिल २०२३ देखि नै शक्ति संघर्ष चल्दै आएको छ । यसले विश्वकै सबैभन्दा ठूलो मानवीय संकट सिर्जना गर्दै लाखौंलाई घर छोड्न बाध्य बनाएको छ ।संयुक्त राष्ट्रसंघले बिहीबारदेखि शनिबारसम्म १४८ जनाको मृत्यु प्रमाणित गरेको जनाएको छ । मृतकको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ ।




























