
काठमाडौं, ७ चैत । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भनिएपनी प्रश्न उठेकाले यसको स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने माग गरेका छन ।काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शनिबार) बसेको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन ।निर्वाचन आयोगदेखी सरकारको भुमिकामाथी प्रश्न उठाउदै उनले निर्वाचन अचारसंहिता उलंघन हुँदा समेत मौन बस्नु, एकपछिय प्रचार प्रती रोक्न नसक्नुले गम्भीर प्रश्न उठेको बताए ।मिडियादेखि समाजिक संजालको निष्पक्षतामाथी समेत उनले प्रश्न उठाए । फेक आईडीको दुरुपयोग, मिडियाको एकपछिय प्रचार रोक्ननसक्नु निर्वाचन आयोग र सरकारको असफलता भएको टिप्पणी उनले गरे ।यसैगरी मधेसी दलितको प्रतिनिधि सभामा एकजनाको पनि प्रतिनिधित्व नहुनु यो संबिधान र ब्यवस्थाकै असफलताको प्रमाण भएको बताए । जनसंख्या अनुसार २७५ सदस्यीय प्रतिनिधि सभामा एक जना पनि मधेसी दलित नहुनुले यसका लागि पार्टीले संघर्ष गर्ने बताए । मधेसी दलितको सहभागीता नहुनुको उनले निर्वाचन आयोगसँग जवाफ समेत माग गरेका छन् ।हालै आएको हावाहुरी, असिनापानीले देशैभरी किसानको गहुँ, मकै, केरा खेतीका साथै आँप, लिची लगायतमा भएको क्षतिप्रती दुख व्यक्त गर्दै किसानहरूलाई क्षतिपूर्ति दिन सरकारसंग आजपा अध्यक्ष साहले माग गरेका छन् ।प्रतिनिधि सभामा मधेसी दलितको सहभागिता शुन्य भएकोमा आज बसेको आजपाको बैठकले दुःख व्यक्त गर्दै हिजो आज परेको हावाहुरी र असिनापानीले पीडित किसानलाई तुरुन्त राहत स्वरूप क्षतिपूर्ति प्रदान गर्न बिशेष माग गरेकोछ । साथै भर्खर सम्पन्न आम निर्वाचनमा उठेका स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने समेत माग गरेकोछ ।




























