
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।यता, चाँदीको मूल्य भने बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ७ सय १० रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य तोलाको ५ हजार ६ सय ९५ रुपैयाँ रहेको थियो।



























