
काठमाडौं - सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले मंसिर ४ गते हुने प्रतिनीधि सभा निर्वाचन लागि उम्मेद्वारी दिने भएका छन् ।
प्रसाईले आफ्नो सामाजिक सञ्जाल मार्फत उनले लेखेका छन् करोड नेपालीको कसम खाएर भन्छु, माकुरोका बच्चाले जस्तो म नेपाल आमाको मासु खान्न र सदनमा अरु सांसदलाई पनि नेपाल आमाको मासु खान दिन्नँ भन्दै उम्मेद्वारी घोषणा कार्यक्रम रहेको जानकारी दिएका छन् ।
साथै उनले सम्पूर्ण उपस्थित भएर हौसला बढाईदिन समेत अनुरोध गरेका छन् ।
सचेत नेपाली पाटीले अध्यक्ष पुण्यप्रसाद प्रसाईको यही भदौ १० गते शुक्रबार १.३० बजे दिउँसो तिनकुने सुविधानगर स्थित सिद्धार्थ कटेजमा स्वतन्त्र राजनीतिक शक्ति नेपालले उम्मेद्वारी घोषणा सभाको आयोजना गरेको छ । श्रोतका अनुसार डा. सुरेन्द्र केसी, डा.अहिराज, रमेश खरेल र हेमराज थापाले प्रमुख वक्ताको रुपमा सभालाई संवोदन गर्नुहुनेछ । १ः३० मा शुरु हुने कार्यक्रम ३ बजे समापन हुनेछ ।

सबैमा नमस्कार, म पुण्य प्रसाई ३ करोड नेपालीको कसम खाएर भन्छु,
माकुरोका बच्चाले जस्तो म नेपाल आमाको मासु खान्न र सदनमा अरु सांसदलाई पनि नेपाल आमाको मासु खान दिन्नँ ।
म नेपाली युवा मेरा दाजुभाइलाई विदेशमा बेचेर यहाँ बसेर नेतागिरी गर्दै तिनको रगत र खान्न र सरकार र सांसदलाई पनि आफ्ना दाजुभाइको रगत खान दिन्नँ ।
म निर्वाचनमा खर्च गर्दिन र सांसद बनेर चोर्दिन, सोझा जनतालाई भ्रमित गर्दै एक दिन मासुभात र रक्सी खुवाएर करोडौं खर्च गरेर बनेका सांसदलाई पनि ब्रह्मलुट गर्न र चोर्न दिन्नँ । म उहाँहरुलाई भन्छु, यसपालि म तपाईहरुलाई निर्वाचनमा गरेको अकुत खर्च उठाउन नीतिगत भ्रष्टचार गर्न र चोर्न दिन्नँ ।
म किसानको पसिना खाएर दलाल उद्योगपतिलाई पोस्दिनँ र पोस्न पनि दिन्नँ ।
म बेइमान र सुविधाभोगी बन्दिनँ र अरुलाई पनि बन्न दिन्नँ ।
हामी नभएको मौका छोपेर तपाईहरुले MCC, SPP र नागरिकता विधेयक जस्ता राष्ट्रघाती सम्झौता गर्नूभयो अब म कहिल्यै तपाईंहरुलाई विदेशीको दलाल बन्न दिन्नँ ।
हामी सडकमा धेरै करायौं तर उहाँहरु रोकिनु भएन अब संसदमा पुगेर हामी उहाँहरुले गरेको राष्ट्रघात र बेइमानी सच्याएर देशलाई सही दिशामा हिंडाउन चाहन्छौं । यसका लागि हामीलाई तपाईंहरुको दरिलो साथ चाहिन्छ । त्यसैले अब नागरिकबाट हामी सही मार्गदर्शन चाहन्छौं । तपाईं देश हाँक्ने कानुन बनाउने सांसद कस्तो होस् भन्ने चाहनुहुन्छ कृपया हामीलाई सुझाव दिन हाम्रो उम्मेद्वारी घोषणा सभामा आएर सुझाव दिनु हुन हार्दिक अनुरोध गर्छु ।
पुण्यप्रसाद प्रसाई, सचेत नेपाली
मितिः २०७९ भदौ १० गते शुक्रबार
स्थानः सिद्धार्थ कटेज, तिनकुने
समयः दिनको ठिक १ः३० बजे
सहजताका लागि सम्पर्कः अर्जुन आचार्यः ९८४५८५७२००, डा. चेत परियारः ९८४१३३६४७६




























