
रोशन घर्तिमगर
काठमाण्डौ २७ असोज
काठमाण्डौ प्रदेश निर्वाचन क्षेत्र नं २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार खगेन्द्र राज बस्नेतले आफ्नो निष्ठा र ईमान्दारीता प्रदेश सभामा बिजय हुने सुनिस्चितताको आधार भएको बताउनुभएको छ ।
२०७९ मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सचेत नेपाली पार्टिको तर्फबाट काखमा बच्चा लिएकि आमा चुनाव चिन्ह लिई चुनावि मैदानमा उत्रनुभएका बस्नेतले आफ्नो उम्मेदवारी आमा जनताको साझा उम्मेदवारी भएको बताउदै आफ्नो बिकल्प नभएको दावि गर्नुभएको छ ।
स्थानीय बासि भएको नाताले आफ्नो क्षेत्रको सबै समस्याहरुबाट आफुपरिचित भएको भन्दै जनताले यस पटक विवेक प्रयोग गर्नै र भोट परिवर्तन गर्नै विश्वास गर्नुभयो ।
जनताहरु नयाँ अनुहार र नयाँ विचार प्रति आकर्षित भएको भन्दै आफ्नो बिजय सुनिस्चित भएको दावि गर्नुभयो ।
मंसिर ४ गते पुराना दलहरुलाई झाडुलगाएर बढार्नै दिन भएको भन्दै बलामिले जनतालाई विवेक पुर्याएर मतदान गर्न अपिल गर्नुभयो ।
लामो समय नेपाल प्रहरीमा निष्ठापुर्वक राष्ट्रसेवामा समर्पित बस्नेतले स्थानिय एजेण्डाहरु सार्वजनिक गर्दै आफ्नो चुनावि अभियान तिब्र पारेको जानकारी दिएका छन् ।बस्नेतका एजेण्डाहरुः
क)सरकारी अफिसको झन्झटयुक्त कार्य प्रणालीबाट आजित नागरिकका लागि सरकारी तिरोभरो, घरछिमेकमा हुने समस्या, अप्ठ्यारो, कठिनाइ, धारापानी, ढल र प्लम्बरिङका समस्याको सहजीकरणका साथै मुद्धामामिला परेमा कानुनी सल्लाहका लागि हामी व्यक्तिगत खर्चमा एक सचिवालय बनाउने छौं जुन अफिसले चौबिसै घण्टा खुला रहेर क्षेत्र नम्बर २ का नागरिकलाई सेवा दिनेछ ।
ख)समृद्ध वागमति र मनोहरा सभ्यताको पुनर्जागरण गर्नेछौ । वडा, टोल सुधार समिति र नागरिकहरुसँग सहकार्य गरी वागमति र मनोहरा लगायतका नदीहरुको सफाई गरी सुरम्यता सहितको करिडोर वागमति र मनहोरा सभ्यताका सम्पदा र कलासंस्कृति झल्किने पार्क, बालबालिका र ज्येष्ठ नागरिकका लागि खुला उद्यान, चोक र पार्क बनाउन नगरपालिका, महानगरपालिकाका र वडाहरुसँग सहकार्य गरेर काम गर्नेछौं ।
ग)तिनकुने, कोटेश्वर, जडिबुटी र पुरानो बानेश्वर क्षेत्रको ट्रफिक जाम कन्ट्रल गर्न नगर, महानगरपालिका र ट्रफिक प्रहरीसँग सहकार्य गरेर विशेष योजना तय गर्ने छौं ।
घ)सरकार, नगरपालिका र महानगरपालिकालाई शिक्षा क्षेत्रमा लगानी बढाउन प्रेरित गरी काठमाण्डौ क्षेत्र नं. २ का विद्यालयलाई नेपालकै गौरवलाग्दो विद्यालयको रुपमा विकास गर्ने छौं ।
ङ)काठमाण्डौ क्षेत्र नं. २ (क) का प्राइभेट बोर्डिङ स्कुलले अति विपन्न, दलित र आदिबासीहरुका लागि छुट्याएको १० प्रतिशत कोटामा सम्बन्धित सममुदायलाई पठनपाठनको व्यवस्था सुनिश्चित गर्न नगरपालिका र महानगरपालिकासँग मिलेर सहकार्य गर्ने छौं ।
च)काठमाण्डौ क्षेत्र नं. २ (क) का सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा विशेष जोड दिनेछौं, कमजोर शिक्षा प्रणालीलाई व्यापक सुधार गर्न शिक्षकलाई विशेष प्रशिक्षण दिई प्रत्येक विद्यालय नै उद्यमशिल बनाउन घोकन्ते शिक्षा प्रणालीको ठाउँमा शिपमुलक र अन्ट्रपेनरशिप शिक्षा दिई १२ क्लास पास गरेको विद्यार्थीलाई स्वरोजगार गर्न सक्ने योग्यता र आत्मविश्वासको विकास गर्नेछौं ।
छ)काठमाण्डौ क्षेत्र नं. २ (क) का विद्यालयमा विद्यार्थीले १२ कक्षा पास गर्दा मातृभाषा, नेपाली, संस्कृत र अंग्रेजी चार भाषा फरर बोल्न सक्ने योजना तर्जुमा गर्ने
ज)मनोहरा र वागमति करिडोर निर्माण तथा मर्मत र ग्रिन बेल्ट बनाउन सम्बन्धित निकायसँग पहल गर्नेछौं ।
झ)काठमाण्डौ निर्वाचन क्षेत्र नं. २ र ०९ भित्रसहित सम्पूर्ण क्षेत्रमा सार्वजनिक शौचालय र सार्वजनिक पुस्तकालयको निर्माणमा विशेष भूमिका खेल्ने छौं ।
ञ)नगरपालिका र महानगरसँग सहकार्य गरी काठमाण्डौ निर्वाचन क्षेत्र नं. २(क) भित्र राजनीतिक शक्तिको आडमा कब्जा गरिएको सार्वजनिक जग्गा खोजी प्रत्येक वडामा एउटा एउटा चिल्ड्रेन पार्क, खेल मैदान र उद्यान निर्माण गर्ने छौं ।
ट)तिनकुनेको जग्गाको समस्या तुरुन्त सुल्झाएर ग्रिन पार्क बनाउन महानगरपालिकासँग सहकार्य गर्नेछौं ।
ठ)हरेक वडामा एकएक सार्वजनिक पार्क र खेल मैदान निर्माण गरी खेलकुदमा युवालाई आकर्षित गर्नेछौं । क्षेत्र नं. २(क)लाई खेलकुद हवको रुपमा विकास गर्न विशेष पहल लिनेछौं ।
ड)हरेक वडा र पालिकामा स्थानीय जनताकै नेतृत्वमा नागरिक आयोग बनाएर स्थानीय निकायका काम कार्वाहीमा कुनै नीतिगत भ्रष्टचार, अपचलन, आर्थिक, भ्रष्टचार र लापरवाही भए नभएको हेर्नेछौं र देखिएमा अख्तियार पुर्याएर भ्रष्ट कर्मचारी र जनप्रतिनिधिलाई जेलमा पुर्याउने छौं ।
ढ)काठमाण्डौ महानगरपालिकासँग समन्वय गरी वडा नं. ३२ र बडा नं. ०९ मा रात्रिकालिन बजार संचालनमा ल्याउने प्रयास र पहल गर्नेछौं
ण)नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन हरेक चोक र गल्लीमा सिसि क्यामेरा जडानका लागि पहल लिने छौं ।
त)यस क्षेत्रको सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासलाई नगरपालिका र महानगरपालिका सहित विभिन्न निकायसँग सहकार्य गरेर लालपूर्जा वितरणमा सहजीकरण गर्नेछौं ।
थ)सार्वजनिक जग्गा–जमिनको खोजी गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण गर्न विशेष पहल गर्नेछौं । र, उपलब्ध सार्वजनिक जग्गा र सम्पत्तिको समुचित उपयोग पार्क र खेल मैदान बनाउन सम्बन्धित निकायमा विशेष पहल लिनेछौं । सार्वजनिक जग्गा भोगचलन गर्ने गराउनेलाई कानुनी कार्वाहीको विशेष पहल लिनेछौं ।
द)यस क्षेत्रका स्थानीय भाषा, जात्रा, गुठी, पर्व, महोत्सव, स्थानीय सामाजिक सांस्कृतिक परम्पराहरुको जगेर्ना, प्रवर्धन र उत्थान गर्न तिनै तहका सरकार विशेषगरी स्थानीय सरकारसँग मिलेर प्रतिष्ठान बनाउन पहल गर्नेछौं ।
ध)बालबालिका, युवा, विद्यार्थी, अनुसन्धान अध्ययन र अवलोकन गर्नेहरुका लागि साथै सिंहदरबार र संसद जनताका लागि खुला गर्नमा विशेष पहल गर्नेछौं ।
न)हामी सांसद भएपछि कट्टर इमानदार भएर जनताको वास्तविक सेवक ठानेर जिम्मेवारी बहन गर्नेछौं र अरु सहकर्मी सांसदलाई समेत इमानदार बनेर जनताको सेवक बनेर कर्म गर्न प्रेरित गर्नेछौं ।




























