
आसन्न राष्ट्रपति पदको निर्वाचनअन्तर्गत आज मतदाता नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नाम सार्वजनिक गरेको हो । त्यसमा ५५० प्रदेशसभा सदस्यको नाम समावेश छ । संघीय संसद्का ३३१ सदस्यको नाम उल्लेख छ ।कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम त्यसमा समावेश छैन । उनको निलम्बन फुकुवा भएको पत्र संसद् सचिवालयले जानकारी नगराएकाले नाम समावेश नगरिएको निर्वाचन आयोगले जनाएको छ ।दाबी विरोधमा निवेदन परे उनको नाम समावेश हुन सक्ने अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, चितवन–२ मा सांसद पद रिक्त छ । मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् ।




























