
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।मुख्यमन्त्री पाण्डले नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसी, माओवादीका रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका छन् ।नवनियुक्त मन्त्रीहरुको शपथ आज अपराह्न ४ बजे हुने बताइएको छ ।एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।




























