
अघिल्लो दुई दिन लगातार ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने उकालो लागेको छ । बजार परिसुचक आज २५ दशमलव ३१ अंकले उकालो लागेर दुई हजार ९७ दशमलव ५५ बिन्दुमा कायम रहन सफल भएको छ ।यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २८ अंकले उकालो लागेर तीन सय ९२ दशमलव १५ बिन्दुमा चढेको छ ।धितोपत्र बजारमा आज दुई सय ८९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ६९ हजार पाँच सय ३९ पटकको कारोबारमा ८५ लाख चार हजार तीन सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब १८ करोड ७६ लाख ९५ हजार सात सय ७४ रुपैंयाँ पुगेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएका छन् । जसमध्ये फाईनान्स र होटल तथा पर्यटन उपसमुहको सुचक ओरालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जीवन बीमा, जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।




























