रौतहट । ‘गौर हत्याकाण्ड’का पीडित परिवारले न्यायको माग गर्दै रौतहटको चन्द्रनिगाहपुरमा आज धर्ना दिएका छन् । पूर्व घोषित कार्यक्रम अनुसार गौर हत्याकाण्ड पीडित संघर्ष समितिले धर्ना दिएको हो । समितिका संयोजक रुपसागर देवीका अनुसार न्याय पाउँने आशमा सरकारलाई दबाब दिने उदेश्यले धर्ना बसेको बताईन् । शक्ति र सत्ताको आडमा हत्याकाण्डका आपराधिकलाई जोगाउँने काम भईरहेको बताउँदै उनले माग पुरा नभए कडा आन्दोलनमा उत्रिने बताईन् ।पूर्व घोषित कार्यक्रम अनुसार १३ साउनदेखी पीडित परिवारले अनशन बस्ने, १४ साउनमा मोटरसाईकल र्याली निकाल्ने र १५ साउनदेखी अनिश्चितकालीन रौतहट बन्द गर्ने पीडित संघर्ष समितिका संयोजक देवीले बताईन् । गौर हत्याकाण्डको फाइल खोल्न र मुख्य आरोपी तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्नुपर्ने माग राख्दै धर्नामा पीडित परिवार बसेको छ । उनीहरूले उपेन्द्र यादवलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, दोषीलाई उन्मुक्ति दिन नहुने, घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन् । न्यायका लागि सर्वोच्च अदालतमा प्रक्रिया अघि बढाउन परमादेशको माग सहितको निवेदन दर्ता केही दिनअघि भएको घाइते एवं जाहेरीकर्ता अमर साह र संयोजक देवीले बताए । हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली र रौतहट बन्द गर्ने निणर्यमा पुगेको संघर्ष समितिले जनाएको छ ।
पेशेवर आपराधिक समूहको जत्थाले आक्रमण गरी २८ जनाको हत्या गरेको आम जनता पार्टी (आजपा)का युवा नेता एवम मेयर प्रत्यासी विजय यादव निर्विजले बताए । हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशक भन्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्धालाई ओझेलमा पारेको भन्दै संघर्ष समितिका संयोजक रुपसागर देवीले आक्रोश व्यक्त गरेकी छन् । २०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए । त्यस घटनामा बन्दुक, बाँसको फाटा, ढुंगाले टाउँको र मुखमा हानेर मारेका थिए । त्यस्तै महिलाहरुलाई बाँसको फाटाले सम्बेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी, स्तन काटेर छटपटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो । यो घटना प्रचलित नेपाल कानून बमोजिम अपराध मात्रै नभई नेपाल पक्ष रहेको टरचर कन्भेन्सन लगायतका अन्य अन्तर्राष्ट्रिय महासन्धी समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको छ । गौर हत्या काण्ड भएको भोलि पल्ट नै तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरा र संयूक्त राष्ट्र संघीय मिसन (अनमिन)का प्रतिनिधि पनि घटना स्थल पुगेका थिए ।घटनाको वास्वविक तथ्य पता लगाउँनका लागि नेपाल सरकारले तत्कालिन पुनराबेदन अदालतका न्यायाधिश हरिप्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानविन आयोगले बुझाएको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिबेदनले समेत यस घटनालाई राजनैतिक झडप नभई जघन्य एवं अमानविय अपराध गरेको भनि निष्कर्ष निकालेको थियो । पीडितहरुको आन्दोलनमा आम जनता पार्टी (आजपा)ले समेत समर्थन गरेको छ । पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसदले यसबारेमा पटक पटक कुरा उठाउँदै आएका छन् ।