
लियोनल मेस्सीको कप्तानीमा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा पुगेको छ ।पहिलो सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४–१ गोलले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।मियामीका लागि जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान एक÷एक गोल गरे ।युनियनका आलेहान्द्रो बेडोयाले एक गोल फर्काए ।अब मियामीले फाइनलमा नाशभिल र मोन्टरेबीच हुने खेलको विजेतासँग खेल्नेछ ।फाइनल खेल शनिवार हुनेछ ।




























