
ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने भएको छ । सरकारी वकिलको कार्यालयले संगठित अपराधमा अभियोग पत्र दर्ता नगर्ने निर्णय गरेको हो ।यसअघि सीआईबीले सरकारी लिखत कीर्ते र संगठित अपराधमा अनुसन्धान गरेको थियो । सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले कीर्तेमा मात्र मुद्दा चलाउने भएको हो ।यस्तै यस प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ । सीआईबीले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो ।




























