
चितवन । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत तुईन खोला नजिक गुडिरहेको कारमा अचानक आगलागी भएको छ । सिमसिम पानी परिरहेको समयमा भएको उक्त आगलागीपछि प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।घटनाबाट मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



























