काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले घटेको छ ।हिजो सुन तोलाको एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुनले अहिलेसम्मकै उच्च रेकर्ड तोलामा एक लाख ४९ हजार आठ सय रुपैयाँ बनाएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज ३० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।