
काठमाण्डाै | उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याएको बताउनुभएको छ ।भन्सार दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले उत्पादन, उत्पादकत्व र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि गर्ने उद्देश्यले अध्यादेश ल्याएको बताउनुभयो । निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रूपमा लिएको भन्दै उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आउँदा दिनमा अझ धेरै काम गर्दै जाने उल्लेख गर्नुभयाे ।साथै उनले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके राजश्वको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उनले आर्थिक वर्षको मध्यतिर आइपुगेको र समिक्षा गर्ने विन्दुमा आइपुगेकाले विगतको ६ महिनाको राजश्व परिचालनको अनुगमन गरेर सहि ढंगले काममा लाग्नको लगि भन्सार विभागका सबै कर्मचारिहरुलाई आग्रह गरेका छन् ।‘अहिलेको सरकार सरकारहरूको सूचीमा एक थान सरकार मात्र होइन, यो सरकार विशेष परिस्थितिमा बनेको छ, विशेष अभिभारा पुरा गर्न बनेको छ’, उनको भनाइ रहेको छ । अर्थतन्त्र विकासका लागि सरकारले अनेक कदम चाल्ने उनले बताए। देशमा भएको निराशा र शिथिलताबाट मुलुकलाई बाहिर निकाल्नै पर्ने उनले बताए ।पौडेलले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके राजश्वको लक्ष्य हासिल गर्न सकिने बताउनुभएको छ।




























