काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ ।एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गरेका हुन्। उहाँले दक्षिण एशियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गर्दै आफूहरू नयाँ प्रविधिमा अभ्यस्त गर्न जानकारी दिए।नेपाल आर्थिक पत्रकार समाजले आज राजधानीमा गरेको एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘अगामी १२–३६ महिनामा स्पेक्ट्रम अनुकुलनका लागि टुजी र थ्रिजीको सेवा बन्द गर्न अपरेटरहरूलाई सहयोग गर्दैछौं । उहाँले २०२५ मा थ्रिजी बन्द गर्दैछौं र टु जी चाहि २०२७ मा बन्द हुन सक्छ ।’’ उहाँले अहिले पनि टु जी ह्यान्डसेट ३.३ मिलियन प्रयोग कर्ता रहेको बताउँदै नयाँ प्रविधिलाई अघि बढाउन ति सेटहरू बाधक रहेको बताउनुभयो ।