
काठमाडौं । नेपाली बजारमा बिहीबार (जेठ २९) सुनको मूल्य बढेको छ | बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार सुन प्रतितोला एक लाख ९१ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो।यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको दुई हजार १५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।




























