
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको थियो।यससँगै सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्यमा वृद्धि भएको छ।



























